समाज


पशुपतिको वनकाली क्षेत्रमा कालिका साधनाश्रमले गरिरहेको महायज्ञ रोक्न सर्वोच्चमा रिट

पशुपतिको वनकाली क्षेत्रमा कालिका साधनाश्रमले गरिरहेको महायज्ञ रोक्न सर्वोच्चमा रिट

नेपालखबर
साउन २२, २०८२ बिहिबार ११:४१, काठमाडौँ

पशुपतिनाथको वनकाली क्षेत्रमा कालिका साधनाश्रम, नेपाल नामक संस्थाले गरिरहेको दश महाविद्या रुद्रहवन महायज्ञ रोक्न माग गर्दै सर्वोच्च अदातलमा रिट परेको छ।

वरिष्ठ अधिवक्ता पद्मप्रसाद खतिवडाले दायर गरेको उक्त रिटमा न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा प्रारम्भिक सुनुवाइ हुँदै छ।

सांस्कृतिक तथा पुरातात्विक महत्त्वको क्षेत्रमा जथाभावी खन्ने, भत्काउने, सिमेन्ट, कंक्रिट लगायतका संरचना निर्माण गर्नुका साथै ध्वनि प्रदूषण पनि भइरहेको र यसले प्राचीन धार्मिक, सांस्कृतिक तथा पुरातात्विक संरचनामा हानि नोक्सानी पुगिरहेकोले यज्ञ नै रोक्नुपर्ने रिट निवेदनमा दाबी गरिरहेको छ।

कालिका साधनाश्रम नामक संस्थाले साउन १४ देखि २४ सम्मका लागि महायज्ञ गर्न पशुपति क्षेत्र विकास कोषसँग अनुमति दिएको छ। कोषले अनुमति दिँदा पनि नेपालको संविधान, प्राचीन स्मारक संरक्षण ऐन, २०१३, वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, पशुपति क्षेत्र विकास कोष ऐन, २०४४, संयुक्त राष्ट्र संघीय विश्व सांस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षण अभिसन्धि पालना नगरेको रिट निवेदकको दाबी छ।

महायज्ञ तत्काल रोक्नुपर्ने, पशुपति वनकाली क्षेत्रमा निर्माण गरिएका संरचनाहरु उक्त आयोजक संस्थाक सम्पूर्ण लागत तथा खर्चमा हटाउन लगाउनुपर्ने, खनिएका खाल्डा र कुण्डहरु तत्काल पुर्न लगाउनुपर्ने, बिगारिएका, भत्काइएका र थपिएका संरचनाहरू तत्काल पूर्ववत् अवस्थामा फर्काउनुपर्ने माग पनि रिट निवेदकले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad