समाज


काभ्रेको महाभारतमा हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार

काभ्रेको महाभारतमा हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार

नेपालखबर
साउन १४, २०८२ बुधबार ९:१, काभ्रे

काभ्रेको डाँडापारिस्थित महाभारत गाउँपालिका-१ गोकुलेकी एक गर्भवतीको मङ्गलबार  हेलिकप्टरबाट उद्धार गरिएको छ। 

समयमै उद्धार हुँदा जोखिममा परेकी आमा र नवजात शिशुको जीवन जोगिएको छ। सोमबार साँझदेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्यचौकीमा भर्ना भएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गोकुले स्वास्थ्यचौकीमा छटपटाइरहेकी उनलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो। 

उनलाई काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको स्वास्थ्यचौकीकी प्रमुख पूर्णिमा तुम्सिङले जानकारी दिइन्। 

यसअघि गत शुक्रबार दिउँसो महाभारत–७ बनखुकी गर्भवती २८ वर्षीया देवकुमारी पाख्रिनको हेली एम्बुलेन्सबाट उद्धार गरिएको थियो। 

काभ्रेको महाभारत गाउँपालिकामा अधिकांश सडक कच्ची छन्। वर्षाका कारण यी सडकमा नियमित रूपमा सवारीसाधन सञ्चालन हुने अवस्था नभएकाले हेलिकप्टरबाट गर्भवतीको उद्धार गर्नुपर्ने बाध्यता छ।

 पालिका अध्यक्ष जिम्बाले  दुर्गम क्षेत्रमा राष्ट्रपति–महिला उत्थान कार्यक्रम प्रभावकारी बनेको बताउँदै ग्रामीण भेगका धेरै महिला त्यसबाट लाभान्वित भएका  जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad