समाज


१२ साउनको राशिफल: सिंहको प्रेम सम्बन्ध बढ्ने, तुलाको जटिल कामसमेत सहजै बन्ने, तपाईँको के?

१२ साउनको राशिफल:   सिंहको प्रेम सम्बन्ध बढ्ने, तुलाको जटिल कामसमेत सहजै बन्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
साउन १२, २०८२ सोमबार ४:४४, काठमाडौँ

आज सोमबार, १२ साउन २०८२ (२८ जुलाई २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् र नयाँ ज्ञान सिक्ने राम्रो मौका मिल्नेछ। कुनै शुभकार्यको प्रारम्भ बारे चर्चा चल्न सक्छ। विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने तथा दाम्पत्य सुखमा रम्ने समय रहेको छ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयरबजारमा ६२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। आज उत्तर दिशाको यात्रा नगर्ने।

वृष: क्रोध, प्रतिशोध, रिसराग र उत्तेजनामाथि नियन्त्रण राख्नु हितकर हुनेछ। प्रेमी र प्रेमिकाका बिच केही खिन्नता बढ्न सक्ने सम्भावना छ। अरूको वचन मान्दा केही दुःख पाइने र खर्च बढ्ने देखिन्छ, तर साँझपख वैदेशिक क्षेत्रबाट भने राम्रो सफलता मिल्ने योग छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयरबजारमा ४७, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। आज कालो रङ्गको प्रयोग नगर्ने।

मिथुन: घर परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ। ठीक समयमा सही निर्णय लिने क्षमता बढ्नेछ जसले गर्दा लामो यात्रा सुखद् र सफल हुने देखिन्छ। नयाँ ज्ञान सिक्ने मौका पाइनुका साथै सांस्कृतिक क्षेत्रमा समेत रूचि बढ्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयरबजारमा ५२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। आज निलो रङ्गको प्रयोग नगर्ने।

कर्कट: अनुहारमा कान्ति र मनमा शान्ति छाउने समय छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ भने कुनै शुभकार्यको थालनीको चर्चा चल्न सक्छ। नजिकका व्यक्तिको सहयोगले रोकिएका कार्यहरू पुरा हुनेछन्। आफ्नो कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिने र वैदेशिक यात्राको समेत योग रहेको छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयरबजारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। आज छल कपट नगर्ने।

सिंह: रोकिएको धन हात पर्ने सम्भावना छ। महिला वा मित्रबाट विशेष सहयोग प्राप्त होला। यात्रा लाभदायक रहनेछ भने न्यायिक कार्यमा सफलता मिल्नेछ। अरुलाई प्रभावित पारेर काम बनाउन सकिनेछ र व्यापारबाट पनि धन लाभ हुने देखिन्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयरबजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने।

कन्या: शरीरमा स्फूर्ति र उमङ्गको केही कमी देखिनेछ। आवेशमा आएर वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ, सचेत रहनुहोला। आलोचना गर्नेहरूबाट सजग रहँदै राजनैतिक कार्यमा धैर्यता अपनाउनु पर्नेछ। अनावश्यक धन खर्च भए तापनि कुनै शुभ कार्यको चर्चा भने चल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। आज तामसीक भोजन नगर्ने।

तुला: जटिल ठानिएको कामसमेत सहजै सम्पादन हुन सक्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नाले मन प्रफुल्लित रहनेछ। रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् र लक्ष्मी प्रसन्न हुने योग पनि देखिन्छ। घर, जग्गा खरिद तथा बिक्रीको लागि समय उत्तम रहेको छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयरबजारमा ७६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। आज सजिलै अरुको विश्वास नगर्ने।

वृश्चिक: भाग्यले विभिन्न अवसरहरू जुराउनेछ र आज गरिएको श्रमले भविष्यमा राम्रो फाइदा दिनेछ। स्थान परिवर्तनका विशेष योगहरू देखिन्छन्। आफ्नो महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुभएमा सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयरबजारमा ६९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकलाई भोजन दिने। आज खैरो रङ्गको प्रयोग नगर्ने।

धनु: चलाखीपूर्ण तरिकाले आफ्नो सङ्कल्प सिद्ध गर्न सकिनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरूले पूर्णता पाउनेछन्। विपरीत वर्ग प्रति आकर्षण बढ्ने र प्रेमसम्बन्ध तथा प्रणयप्रसङ्गका लागि पनि समय श्रेष्ठ रहेको छ। वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयरबजारमा ८०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। आज भरिसक्के लामो यात्रा नगर्ने।

मकर: मनमा केही दुबिधा उत्पन्न हुन सक्छ र सोचेअनुरूप काम नबन्दा दिक्क लाग्न सक्छ। प्रेमी, आफन्त तथा साथीभाइबाट टाढिनु पर्ने अवस्था आउन सक्छ, जसले मन खिन्न बनाउनेछ। औषधी उपचारमा खर्च बढ्ने देखिए पनि बेलुकीपख भने स्थितिमा सुधार आई हौसला र उत्साह मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयरबजारमा ७९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। आज सजिलै अरुको विश्वास नगर्ने।

कुम्भ: रमाइलो र सुखद् यात्राको योग रहेको छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन्। आफ्नो काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ र आर्थिक कारोबारमा पनि राम्रै सफलता मिल्ने देखिन्छ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयरबजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। आज छल कपट नगर्ने।

मीन: रोकिएका कामहरू पुनः सुरु हुन सक्ने सम्भावना छ, जसले गर्दा मनमा शान्ति छाउनेछ। राजनैतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ भने जोश, जाँगर र हिम्मत पनि बढ्नेछ। व्यावसायिक काममा राम्रो फड्को मार्न सकिने र शैक्षिक क्षेत्रमा समेत सफलता मिल्ने योग छ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयरबजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। आज झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad