समाज


बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालखबर
साउन १०, २०८२ शनिबार १७:३५, काठमाडौँ

ललितपुरको बालकुमारीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार ललितपुर महानगरपालिका-१९ बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा ४ ख २४७७ नं को मिनी ट्रकको ठक्करबाट आज दिउँसो पैदलयात्री अन्दाजी २३ वर्षीया महिलाको मृत्यु भएको हो। 

मृतकको परिचय खुलेको छैन। ठक्करबाट गम्भीर घाइते भएकी उहाँको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको प्रवक्ता घिमिरेले बताए। 

यता काठमाडौँ महानगरपालिका-२९ भद्रकालीस्थित सडकमा बा ७५प १९४४ नं को स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक ललितपुर महानगरपालिका-१५ सातदोबाटो डेरा गरी बस्ने मकवानपुर बकैया गाउँपालिका-४ का ३८ वर्षीय रामकृष्ण बजगाईंको मृत्यु भएको छ। 
शुक्रबार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको नम्बर खुलेको छैन।चालकको खोजी जारी छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad