समाज


नायब महान्यायाधिवक्ता घिमिरेले अवकाश पाउनुभन्दा ३ दिनअघि दिएको राजीनामा सरकारद्वारा स्वीकृत

नायब महान्यायाधिवक्ता घिमिरेले अवकाश पाउनुभन्दा ३ दिनअघि दिएको राजीनामा सरकारद्वारा स्वीकृत

टेकबहादुर घिमिरे


नेपालखबर
साउन ७, २०८२ बुधबार १३:१८, काठमाडौँ

अनिवार्य अवकाश पाउनुभन्दा तीन दिनअगाडि नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ। 

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज साउन ७ गते दिएको जानकारीअनुसार घिमिरेले दिएको राजीनामा साउन ४ गते नै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो। 

साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय नम्बर १० मा भनिएको छ, ‘नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२/४/२ देखि लागु हुने गरी पेस गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती) ले घिमिरे यही साउन ५ गते अनिवार्य अवकाशमा जाने उल्लेख गरेको छ। 

त्यसको ३ दिनअघि साउन २ गते दिएको राजीनामा मन्त्रिपरिषद्‌ले ४ गते स्वीकृत गरेको जानकारी सरकारले आज साउन ७ गते दिएको हो। 

योसमेत साउन ४ गते मन्त्रिपरिषद्ले १० वटा निर्णय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad