ad ad

समाज


हेलिकप्टर चाटर्ड गरि पोखरा ल्याइएकी गर्भवतीको अस्पताल नपुग्दै मृत्यु

हेलिकप्टर चाटर्ड गरि पोखरा ल्याइएकी गर्भवतीको अस्पताल नपुग्दै मृत्यु

वाशुदेव मिश्र
बैशाख १, २०७७ सोमबार ११:१९,

हेलिकप्टर चाटर्ड गरि पोखरा ल्याइएकी बागलुङकी गर्भवती महिलाको अस्पताल नआई पुग्दै मृत्यु भएको छ। ढोरपाटन नगरपालिका १ की ३३ वर्षीया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकप्टरबाट पोखरा ल्याईंदै थियो।

गण्डकी अस्पताल पोखराका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार उनको अस्पताल नआउँदै मृत्यु भई सकेको थियो। सामाजिक विकास मन्त्रालय गण्डकीको पहलमा उनलाई हेलिकप्टरबाट उद्धार गरि पोखरा ल्याईंदै थियो।

तर, अस्पताल ल्याउँदा उनको मृत्यु भई सकेको अस्पतालका निर्देशक डाक्टर आचार्यले जानकारी दिए। मृतक भुषाललाई बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरबाट उद्धार गरेर सोमबार दिउँसो मात्रै बागलुङ अस्पतालमा ल्याइएको थियो।

बाग्लुङकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .