समाज


ललितपुरका पूर्वमेयर बुद्धिराज बज्राचार्यको निधन

ललितपुरका पूर्वमेयर बुद्धिराज बज्राचार्यको निधन

नेपालखबर
साउन ४, २०८२ आइतबार ७:३, काठमाडौँ

पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख (मेयर) बुद्धिराज बज्राचार्यको निधन भएको छ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दिएको जानकारीअनुसार शनिबार शिक्षण अस्पताल महाराजगञ्जमा उनको ८९ वर्षको उमेरमा निधन भएको हो।

‘स्वर्गीय बज्राचार्यको शव अहिले महाराजगञ्ज अस्पतालमा नै राखिएको छ, उहाँका कान्छा छोरा विदेशबाट फर्किएपछि भोलि अन्त्येष्टि हुनेछ,’ महर्जनले भने।

२०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्य त्यसअघि ०६० मा ललितपुरको नगरप्रमुख भएका थिए।

०२७ मा तत्कालीन ललितपुर पञ्चायत १७ को वडाध्यक्ष, २०३२ सालमा पहिलो पटक ललितपुरको प्रधानपञ्च भई उनले काम गरेका थिए। ०४६ मा प्रजातन्त्र आएपछि उनी एमालेबाट ०५४ मा ललितपुरको नगरप्रमुख भएका थिए।

बज्राचार्यले २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष, २०३८ सालमा सङ्घको कार्यवाहक अध्यक्ष र २०३९ देखि २०४० सालसम्म संघको अध्यक्षको जिम्मेवारीमा रहेर काम गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad