धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी)ले आह्वान गरेको शैक्षिक हडतालका कारण आज शैक्षिक संस्था बन्द भएका छन्।
एउटा संगठनले आह्वान गर्नासाथ शैक्षिक संस्था बन्द गरेर निजी विद्यालयका संचालकहरूले लाचारी प्रदर्शन गरेका छन्। शैक्षिक संस्था बन्द हुँदा विद्यार्थीको पठनपाठन रोकिएको छ।
कतिपय निजी विद्यालयले बिहीबारै अभिभावकलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए। आन्तरिक परीक्षा सञ्चालन भइरहेका कारण कतिपय विद्यालय भने खुलेका छन्।
अनेरास्ववियु (क्रान्तिकार)ले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका मागसहित आज एक दिन आम शैक्षिक संस्था हडतालको घोषणा गरेको हो।
282
Shares

प्रतिक्रिया