समाज


कास्की यातायातका कार्यालय सहयोगी ७ हजार घुससहित पक्राउ

कास्की यातायातका कार्यालय सहयोगी ७ हजार घुससहित पक्राउ

नेपालखबर
असार ३१, २०८२ मंगलबार १८:६, काठमाडौँ

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेल घुस रकमसहित पक्राउ परेका छन्।

सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरिदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस रिसवतवापत उक्त रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेललाई पक्राउ गरेको हो।

अख्तियारको पोखरास्थित कार्यालयबाट खटिई गएको टोलीले पौडेललाई सेवाग्राहीसँग सात हजार रूपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad