समाज


भोटेकोसी बाढी : नेपाली भूमिबाट २० र चीनबाट ११ जना बेपत्ता

भोटेकोसी बाढी : नेपाली भूमिबाट २० र चीनबाट ११ जना बेपत्ता

नेपालखबर
असार २९, २०८२ आइतबार १६:४, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले रसुवाको भोटेकोसी नदीको बाढीबाट मृत्यु भएका ११ जनामध्ये २ जनाको मात्रै सनाखत भएको बताएका छन्।

आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैकठमा बोल्दै उनले  बाढीमा २० जना मानिस नेपालबाटै बेपत्ता भएको र अन्य ११ जना चीनको भूमिबाट बेपत्ता भएको र बगेर नेपालमै आएको हुनसक्ने खबर चीन सरकारले दिएको बताए।

विपद्मा परेर बेपत्ता भएको १० दिनसम्म पनि शव नभेटिए मृतक सरह राहत दिने पनि गृहमन्त्री लेखकले जानकारी दिए।

पूर्वसूचनाका लागि एसएमएसले नपुगेको निष्कर्ष निकाल्दै टेलिफोनको सर्भिस प्रोभाइडरहरुलाई अब घण्टी नै एकै पटक बजाउने र फोन उठाउने वातावरण बनाउनेबारे सोचिरहेको उनले जानकारी दिए।

मन्त्री लेखकले भनेः

२० जना मानिस हाम्रै सीमाभित्रबाट बेपत्ता भएको स्थिति देखिन्छ। जसमा मित्रराष्ट्र चीनको नागरिकहरु पनि हुनुहुन्छ। ११ जना जति चीनबाटै मिसिङ भएको खबर गर्नुभएको छ। उहाँहरु पनि बगेर यतै ल्याएको आशंका छ। अहिलेसम्म जम्मा ११ जनाको मात्रै लाश भेटिएको छ। सनाखत २ जनाको मात्रै भएको छ। 

कहिले कहिँखोज उद्धार गर्दागर्दै पनि बेपत्ता हुन्छ मानिस भेटिँदैन। त्यसैले हामीले १० दिनसम्म खोज गर्ने, यदि विपद्मा परेर बेपत्ता भएको १० दिनसम्म पनि भेटिएन भने मृतक सरह राहत दिने निर्णय हामीले गरेका छौँ। जीवितै भएपनि केही बिग्रिएन सरकारले सहयोग गर्ने कुरा हो। 

खोज, उद्धार, पुनर्निर्माणको पनि हामी तयारी अवस्थामा छौँ। कुनै कमी नगरी काम गर्नेछौँ। पूर्वसूचना प्रणालीलाई चुस्त, दुरुस्त बनाएका छौँ। खोज, उद्धार, राहत, पुनर्निर्माणको चरण हुन्छ।


 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad