समाज


नेपालमा कोरोनाः साढे ४ हजार परीक्षण सम्पन्न, एक दिनमै आयो ९ सय नतिजा

नेपालमा कोरोनाः साढे ४ हजार परीक्षण सम्पन्न, एक दिनमै आयो ९ सय नतिजा

नेपालखबर
चैत २९, २०७६ शनिबार १३:४४,

केही दिनयता नेपालमा कोरोना परीक्षण तीव्र बनेको छ। दिनमै ८ सयभन्दा बढी संख्यामा कोरोना भाइरसको परीक्षण हुन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना भाइरससम्बन्धी तथ्यांक दैनिक अपडेटअन्तर्गत शनिबार दिउँसो भएकाे पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नमुना संकलनको संख्या तथा परीक्षणको दायरा बढाइएकाले दिनमै ८ सयभन्दा बढी नतिजा आउने थालेको जानकारी दिएका हुन्।

‘अहिलेसम्म देशभर कोरोना परीक्षणको कूल संख्या ४ हजार ४ सय २६ पुगेको छ,’ उनले भने, ‘तर संक्रमितको संख्या ९ बाट बढेको छैन, आज आएका सबै नतिजा नेगेटिभ (कोरोना नभएको) आएका छन्।’

कूल नतिजामध्ये ३ हजार ३ सय ९२ काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र ७ सय ४२ उपत्यकाबाहिर परीक्षण भएकाे प्रवक्ता देवकाेटाले बताए। 

‘तीमध्ये गत २४ घण्टामा ८ सय ९७ जनाको नमुना परीक्षणको रिपोर्ट आएको हो,’ उनले भने, ‘तीमध्ये काठमाडौंको प्रयोगशालाबाट ६०९ र बाहिरबाट २८८ नतिजा आएका हुन्।’

जुन सबै नेगेटिभ रहेको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .