समाज


नेपालतर्फ नजिकिँदै मनसुनी रेखा, भीषण वर्षाको सम्भावना

नेपालतर्फ नजिकिँदै मनसुनी रेखा, भीषण वर्षाको सम्भावना

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
असार १३, २०८२ शुक्रबार २०:५५, काठमाडौँ

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी रेखा नेपालतर्फ नजिकिँदै गरेकाले सतर्कता अपनाउन सुझाव दिएको छ। 

महाशाखाले शुक्रबार (असार १३ गते) राति ८ बजे मनसुन विशेष मौसम बुलेटिन जारी गरी शनिबार साँझदेखि मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको जानकारी गराएको हो। 

बुलेटिनमा भनिएको छ, ‘हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान तथा पश्चिममा सरदर स्थानबाट दक्षिणतर्फ अवस्थित छ। भोलि शनिबार साँझबाट उक्त रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको छ। यस प्रणालीको प्रभावले मिति २०८२-०३-१४ गते साँझदेखि मिति २०८२-०३-१६ गते बिहानसम्म कर्णाली प्रदेशको पहाड़ी भूभाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागमा मनसुन सक्रिय हुने सम्भावना रहेको देखिएको छ।’

महाशाखाका अनुसार बंगालको खाड़ी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा न्यूनचापीय प्रणालीको प्रभावका कारण असार १४ गते शनिबार साँझदेखि असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभाका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। साथै अन्य प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

सचेत गराउँदै बुलेटिनमा अगाडि भनिएको छ, ‘तसर्थ सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सीहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साल नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, पर्यटन क्षेत्र आसपासका निर्माण कार्य, सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्य सतर्कता तथा पूर्वतयारी अपनाउन हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध छ।’

हेर्नुहोस् बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad