समाज


कर्कटको प्रेममा बढोत्तरी, सिंहलाई मित्रबाट धोका, तपाईँको भाग्य कस्तो? हेर्नुस् १४ असारको राशिफल

कर्कटको प्रेममा बढोत्तरी, सिंहलाई मित्रबाट धोका, तपाईँको भाग्य कस्तो? हेर्नुस् १४ असारको राशिफल

ज्यो. मेनुका दाहाल
असार १४, २०८२ शनिबार ४:३९, काठमाडौँ

आज शनिबार, १४ असार २०८२ (२८ जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचेजस्तो सफलता नमिल्ला। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। कालो रङको प्रयोग नगर्ने।

वृष: धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुन सक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ४९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन: आफन्त र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ७५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: वाणीमा कुशलता आउने दिन परेको छ। शुभकार्यको चर्चा चल्नेछ। माया प्रेममा समीपता बढ्नेछ। वैदेशिक काममा सफलता मिल्नेछ। धार्मिक आस्था बढेर जानेछ। सामाजिक र राजनीतिक चिन्तन बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह: गोप्य सूचना बाहिरिनाले समस्या निम्तिनेछ। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला। अरूको कुरामा चित्त नबुझ्दा विवाद पर्न सक्छ, संयमता अपनाउनु होला। आफन्तले सहयोग नै गर्नेछन्।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कन्या: आजको कामबाट प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्ला। कृषि कार्यमा सफल भइनेछ। छोटो समयमा विशेष उपलब्धि हासिल होला। प्रणय सम्बन्ध प्रगाढ हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ७० र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। उत्तर दिशा नजाने।

तुला: सजिलै अरूको मन जित्न सकिनेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय छ।

भाग्यशाली रङ आकासे र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक: मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रमणीय र सुखद यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ६९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

धनु: शरीरमा कमजोरी अनुभूति हुनेछ। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। कसैले झुटो आश्वासन दिन सक्छन्। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। साँझमा प्रियजनाको साथ मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर: दिन मनोरञ्जनपूर्ण रहनेछ। जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। बिछोडिएको परिवारसँग पुनर्मिलन हुनेछ। मन मिल्ने साथीबाट हौसला मिल्नेछ। व्यावसायिक क्षेत्रबाट लाभ हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कुम्भ: अध्ययन अध्यापन सफल रहनेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। विलासी वस्तुको प्रयोग गर्न पाइनेछ। व्यवसायका लागि यात्राको सम्भावना छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा बढी सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मीन: शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। नयाँ कामका विभिन्न अवसर फेला पर्लान्। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ५५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad