समाज


चन्द्रागिरिमा ट्रकले एकसाथ २ मोटरसाइकललाई ठक्कर दियो, २२ वर्षीय युवकको मृत्यु, अर्का १ घाइते

चन्द्रागिरिमा ट्रकले एकसाथ २ मोटरसाइकललाई ठक्कर दियो, २२ वर्षीय युवकको मृत्यु, अर्का १ घाइते

नेपालखबर
असार ९, २०८२ सोमबार ६:१४, काठमाडौँ

काठमाडौँको चन्द्रागिरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 
 
चन्द्रागिरि नगरपालिका–१५ स्थित ढुङ्गेअड्डामा ट्रकले थानकोट तर्फ जाँदै गरेको ना.६ ख ८६७४ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

मृत्यु हुनेमा हुम्ला घर भएर तीनथान बस्ने करिब २२ वर्षीय धिरेन्द्र भियाल छन्। 

गएराति साढे ८ बजेतिर उक्त ट्रकले  बा.६३ प २०७७ नम्बरको होण्डा र बागमती प्रदेश–०२–०४९ प ४९५७ नम्बरको यमाहा मोटरसाइकललाई ठक्कर दिएको थियो। 

दुर्घटनामा अर्को मोटरसाइकल चालक ५० वर्षीय मुक्ति नारायण श्रेष्ठ घाइते भएका छन्। उनको कलङ्की स्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad