पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–४ जगरनाथपुर बस्ने वर्ष २३ को सफिराजा मियाँ रहेका छन्।
मियाँले २१ वर्षीया श्रीमती लालबिबी खातुनको हत्या गरेको प्रहरीको आरोप छ।
असार ७ गते लालबीबीको आफ्नै सुत्ने कोठामा शंकास्पदरूपमा मृत्यु भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
प्रहरीले मियाँलाई नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अनुसन्धानको क्रममा श्रीमान– श्रीमतीबीच मनमुटाव रहेको, लामो समय देखि एक अर्काबीच बोलचाल नभएको तथा श्रीमान लामो समयदेखि बाहिरबाट काम गरी घर आउँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, कुनै वास्ता नगर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ।
मृतकको शव पोष्ट मार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया