समाज


राति ८ बजे राप्ती नदीमा माछा मार्न गएका ६० वर्षका वृद्धलाई गैँडाले आक्रमण गर्‍यो

राति ८ बजे राप्ती नदीमा माछा मार्न गएका ६० वर्षका वृद्धलाई गैँडाले आक्रमण गर्‍यो

फाइल तस्बिर


नेपालखबर
असार २, २०८२ सोमबार ८:१४, काठमाडौँ

चितवनमा गैँडाले आक्रमण गर्दा ६० वर्षका एक वृद्धको मृत्यु भएकाे छ।

गएराति राप्ती नदीमा माछा मार्ने क्रममा गैँडाको आक्रमण गर्दा भरतपुर महानगरपालिका २८ मेघौलीका ६० वर्षी जंगे कुमालकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

सेराइ होटल पछाडि रहेको राप्ती खोलामा आइतबार राति ८ बजे माछा मार्न गएका उनलाई गैँडाले आक्रमण गरेकाे  थियाे।

गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका कुमारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यलय दिव नगरका प्रहरी नायब निरीक्षक विनोद अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad