समाज


राशिफल ३१ जेठ : कुम्भको कुरा काट्नेहरू बढ्ने, धनुलाई खानपान नमिल्दा स्वास्थ्यमा गडबडी, तपाईँको के?

राशिफल ३१ जेठ : कुम्भको कुरा काट्नेहरू बढ्ने, धनुलाई खानपान नमिल्दा स्वास्थ्यमा गडबडी, तपाईँको के?

ज्यो. मेनुका दाहाल
जेठ ३१, २०८२ शनिबार ४:३७, काठमाडौँ

आज शनिबार, ३१ जेठ २०८२ (१४ जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। परिणाममुखी कार्य सम्पन्न गर्न ढिला हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। अनावश्यक धन खर्च हुनेछ। मठमन्दिरको भ्रमणले ऊर्जा प्रदान गर्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ७७, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिई कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

वृष: नयाँ रोजगारी पाइनेछ। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिले राम्रै सफलता प्राप्त गर्नेछन्। कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ। अचल सम्पत्ति हात पर्न सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाई कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। शुभ समाचार सुन्न पाइएला। वैदेशिक क्षेत्रको काम सजिलै सम्पन्न हुनेछ। राज्यस्तरबाट लोभलाग्दो अवसर प्राप्त हुने सम्भावना छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिई कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। कृषि क्षेत्रमा महत्त्वपूर्ण कामको थालनी हुनेछ। प्रणय सम्बन्धको लागि समय उत्तम छ। दानपुण्यका कार्यमा सहभागी भइनेछ। वैदेशिक बजारबाट लाभ लिन सकिन्छ।

भाग्यशाली रङ सेतो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: सुखदुःख बराबरी रहनेछ। सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनीयतामा ध्यान पुर्‍याउनुहोला। मानसिक चिन्ता बढ्न सक्छ। स्वास्थ्यले पनि साथ नदिन सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाई कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: नयाँ र शुभ कार्यको योजना बनाउने समय छ। सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

तुला: चलाखीपनले कार्यसिद्ध हुनेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वाहन लाभ हुने समय छ। वैदेशिक कार्य कमजोर रहला। झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३६, वैदेशिक कार्यमा ६६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक: श्रमको उचित मूल्याङ्कन हुनेछ। प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्। वैदेशिक कारोबारबाट फाइदा हुने देखिन्छ। छोटो र रमाइलो भ्रमण होला। पढाइलेखाइमा राम्रो नतिजाका साथ सफलताको सिँढी चढ्ने योग छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। बाहिरी खानपानमा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। सवारी चलाउँदा सचेत रहनुहोला। साँझमा सुखद समाचार सुन्नमा आउला।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मकर: मित्रले सहयोग गर्ने छन्। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिएला। राजनीतिक र सामाजिक काममा सफलता मिल्नेछ। जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ५०, वैदेशिक कार्यमा ६८ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कुम्भ: महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढ्ने देखिन्छ। साँझको भेटघाट लाभदायक नै होला। बहुप्रतीक्षित काममा सफलता हात पर्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३७, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिई कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मीन: समस्या आइलागे पनि समस्याको हल समेत निस्कनेछ। मित्रहरूबाट सहयोग जुट्नेछ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइएला। कुनै कारणवश रोकिएको कामले गति लिनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६२, वैदेशिक कार्यमा ५३ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad