प्रभु बैंक र होटल यार्शाबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ।
यसअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले होटलमा आकर्षक छुट पाउनेछन्। होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा रहेको छ।
यो अफर जिरी नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो। जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ।
यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शामा होटल कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउनेछन्।
यी छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहयोग गर्ने जनाइएको छ।
जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्घ छ। यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जोकोहीका लागि उपयुक्त गन्तव्य हो।
Shares

प्रतिक्रिया