आज शनिबार, २४ जेठ २०८२ (७ जुन २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: शुभ कार्यमा सरिक भइनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। कसै कसैकोमा परदेशी घर फर्कनेछन् र रमाइलो वातावरण छाउनेछ। प्रेम सम्बन्ध मजबुत रहनेछ।
भाग्यशाली रङ रातो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
वृष: सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेमीको सहयोग प्राप्त हुनेछ। हराएको धन पाइन सक्छ। पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। न्यायिक निर्णय तपाईँकै पक्षमा हुनेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। तामसिक भोजन नगर्ने।
मिथुन: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। वैदेशिक कार्यमा विशेष सफलता हात लाग्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। सजिलै अरूको विश्वास नगर्ने।
कर्कट: समय त्यति राम्रो देखिँदैन। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनु होला। बोलीको विपरीत अर्थ लाग्न सक्छ। साँझमा शुभ कार्यको योजना बन्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। झुट नबोल्ने।
सिंह: लामो समयदेखि रोकिएको काम पुन: प्रारम्भ हुनेछ। शुभ समाचार सुन्न पाइएला। शैक्षिक क्षेत्रमा प्रगति नै होला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
कन्या: चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेम जीवन सामान्य रहनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ।
भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७५, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
तुला: आफन्त तथा मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। आजको लगानीबाट दीर्घकालीन फाइदा हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता मिल्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
वृश्चिक: काम बिगार्न चाहनेहरू अगाडि बढ्नेछन्। नगद सापटी लिएका आफन्तले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ। स्वास्थ्य पनि प्रतिकूल हुने देखिन्छ। आहारविहारप्रति बढी नै सजग रहनु पर्छ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ५७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
धनु: वाणीमा कुशलता छाउने दिन परेको छ। प्रेमी तथा बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ। प्राविधिक कार्य सफल रहला। नयाँ वस्त्र उपहार पाइनेछ। रमणीय र सुखद यात्राको योग छ।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ५४, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मकर: परोपकारजन्य कार्यमा लगाव बढ्नेछ। धन सञ्चयको अवसर पनि छ। आर्थिक कारोबारमा राम्रै लाभ हुनेछ। तर, निर्णय क्षमतामा भने कमी आउने देखिन्छ। वैदेशिक काम अड्कन सक्छ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
कुम्भ: करिअर निर्माणका लागि महत्त्वपूर्ण सुझाव पाइएला। हर्ष र प्रसन्नताका साथ समय व्यतीत हुनेछ। नयाँ र शुभ कार्यको चर्चा चल्नेछ। माङ्गलिक कार्यमा सहभागी भइनेछ। पारिवारिक माहोल रमाइलो बन्ला।
भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
मीन: अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। स्वरोजगारीका निम्ति दौडधुप हुन सक्छ। धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दु:ख पाउन सकिन्छ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्ने देखिन्छ।
भाग्यशाली रङ खैरो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
Shares

प्रतिक्रिया