ad ad

समाज


लकडाउनमा बिहे गर्ने बेहुला–बेहुली पक्राउ

लकडाउनमा बिहे गर्ने बेहुला–बेहुली पक्राउ

नेपालखबर
चैत २४, २०७६ सोमबार १५:३५,

दक्षिण अफ्रिकामा लकडाउनको नियम उल्लंघन गरेर विवाह गर्ने जोडी पक्राउ परेको छ।

दक्षिण अफ्रिकामा सरकारले कोरोना भाइरस रोकथामका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ। तर, क्वाजुलु नाटाल प्रान्तका एक जोडीले यही मौकामा विवाह गरेका थिए।

विवाहलगत्तै भोज चलिरहँदा आइतबार उनीहरुलाई पक्राउ गर्न प्रहरी आइपुगेको थियो।

प्रहरीले भोजमा सामेल ५० जना पाहुना र विवाह गराउने पास्टरलाई समेत समातेको छ।

सोमबार उनीहरुलाई अदालत पुर्‍याइनेछ।

सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा पक्राउ पर्दै गर्दा बेहुलाले बेहुलीलाई प्रहरीको गाडीमा चढाउन सहयोग गरिरहेको देख्न सकिन्छ।

दक्षिण अफ्रिकामा हालसम्म १ हजार ६ सय ५५ जना संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .