समाज


राशिफल जेठ ११ : मेषलाई नयाँ रोजगारीको अवसर, धनुको प्रेममा मधुरता, तपाईँको के?

राशिफल जेठ ११ : मेषलाई नयाँ रोजगारीको अवसर, धनुको प्रेममा मधुरता, तपाईँको के?

ज्यो. मेनुका दाहाल
जेठ ११, २०८२ आइतबार ४:३८, काठमाडौँ

आज आइतबार, ११ जेठ २०८२ (२५ मे २०२५)। हेर्नुहोस् राशिफल-

मेष: नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रै सफलता प्राप्त गर्नेछन्। कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ। अचल सम्पत्ति हात पर्नसक्छ।

भाग्यशाली रङ पर्पल र अंक ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।   

वृष: सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। परिणाममुखी कार्य सम्पन्न गर्न ढिला हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। अनावश्यक धन खर्च हुनेछ, तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।  

मिथुन: आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। शुभकार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न पाइएला। सेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ। राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ।

भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।

कर्कट: विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। कृषि क्षेत्रमा महत्त्वपूर्ण कामको थालनी हुनेछ। प्रणयसम्बन्धको लागि पनि रहेको छ। दानपुण्यका कार्यमा पनि सहभागी भइनेछ। सेयरबजारबाट पनि लाभ लिन सकिन्छ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। सजिलै अरुको विश्वास नगर्ने।  

सिंह: सिंह राशिवालाहरूले नयाँ र शुभ कार्यको योजना बनाउने र सिर्जनात्मक क्षमता प्रस्फुटन गर्न सक्नुहुन्छ। स्वास्थ्यमा सुधार आउला। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। नयाँ ठाउँमा रमाइला यात्राहरू हुनेछन्।

भाग्यशाली रङ पहेँलो र अंक २ छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या: लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ। सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनीयतामा ध्यान पुर्‍याउनुहोला। मानसिक चिन्ता बढ्न सक्छ साथै स्वास्थ्यप्रति सजगता अपनाउनु नै बुद्धिमानी हुनेछ।

भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। के नगर्ने ? - झुट नबोल्ने।

तुला: आफ्नो चलाखीपनले कार्य सिद्ध हुनसक्छ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वाहन लाभ हुने समय पनि छ, तर वैदेशिक कार्य कमजोर रहने र नयाँ  झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।  

वृश्चिक: श्रमको उचित मूल्याङ्कन हुनेछ। प्रेमको कोपिला फक्रिनेछ। सेयर कारोबारबाट फाइदा हुनुका साथै छोटो र रमाइलो भेटघाट पनि हुनेछ। पढाई लेखाईमा राम्रो नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ।

भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।   

धनु: मित्रहरूबाट सहयोग जुट्नेछ र प्रेम सम्बन्धमा मधुरता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। राजनैतिक र सामाजिक कामबाट सफलता पाइनेछ। जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ।  

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६४, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर: सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। गोपनियतामा ध्यान पुर्‍याउनुहोला। बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। सवारी चलाउँदा सचेत रहनुहोला, साँझमा भने कुनै समाचारले मन खुसी रहला।

भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पनि दिने। छल कपट नगर्ने।

कुम्भ: महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढेपनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन्। लाभदायक भेटघाट र हौसला मिल्नेछ। बहुप्रतिक्षित काममा सफलता हात पर्न सक्छ।

भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।निलो रङको प्रयोग नगर्ने।

मीन: समस्या आइलागे पनि समस्याको हलसमेत निस्कनेछ। मित्रहरूबाट सहयोग जुट्नेछ। साथीको सहयोग र हौसला मिल्नेछ। मनोरञ्जनमा  सहभागिता भइएला। कुनै कारणवश रोकिएको कामले पनि गति लिनसक्छ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad