समाज


असई कुन्जाङ बनिन् सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी अधिकारी

असई कुन्जाङ बनिन् सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी अधिकारी

नेपालखबर
जेठ ५, २०८२ सोमबार १२:४२, काठमाडौँ

नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथा आरोहण गरेकी छन्। शेर्पाले सोमबार बिहान ८:५६ बजे सफलतापूर्वक सगरमाथा आरोहण गरेको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले बताए। 

प्रवक्ता थापाका अनुसार कुन्जाङ सगरमाथा चढ्ने पहिलो महिला प्रहरी अधिकारी हुन्। शेर्पा प्रहरी प्रधान कार्यालयकै महिला तथा बालबालिका निर्देशनालयमा कार्यरत छिन्। 

उनले महिला तथा बालबालिका सम्बन्धि हुने हिंसाकाविरुद्ध सन्देश दिन सगरमाथा आरोहण गरेको प्रवक्ता थापाले बताए। कुन्जाङलाई सफलतापूर्वक सगरमाथा आरोहण गरेकोमा प्रहरी महानिरीक्षक दीपक थापाले बधाई दिएका छन्।

आरोही शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा सहित नेपाल प्रहरी तथा लैङ्गिक हिंसा विरुद्धको नारा सहितको ब्यानर फहराउन सफल भएकी छिन्। 

प्रहरी महानिरीक्षक दीपक थापाले २०८१ चैत २५ गते निर्देशन तथा शुभकामनासहित झन्डा हस्तान्तरण गरेका थिए। प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पासहितको आरोहण दल २०८१ चैत २८ गते काठमाडौँबाट प्रस्थान गरेको थियो।

यसअघि नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०ः१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए। 

२०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो। २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad