समाज


नेपाल औषधि लिमिटेडको उत्पादन सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउन समिति गठन

नेपाल औषधि लिमिटेडको उत्पादन सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउन समिति गठन

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १६:८, काठमाडौँ

नेपाल औषधि लिमिटेडले उत्पादन गरेका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यसबारे जानकारी गराएका हुन्। उनले औषधि लिमिटेडले उत्पादन गरेका सिटामोल, जीवनजललगायतका औषधिहरू बिक्री नभएको गुनासो आएपछि नियमानुसार तीनै तहका स्वास्थ्य संस्थामा औषधि उपलब्ध गराउने विषयमा स्वास्थ्यमन्त्रीले छलफल गरेपछि समिति गठन गरिएको बताए। 

उनले स्वास्थ्यमन्त्रीले वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका प्रतिनिधिहरूसँग छलफल गरेको जानकारी दिए। 

समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लिमिटेडका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए। 

साथै, उनले मन्त्रालयले क्यान्सर रोग उपचारको सेवा विस्तारको क्रमलाई निरन्तरता दिएको जानकारी समेत दिए।

उनले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड लगायतका विषयमा अनुगमनका लागि पनि समिति गठन गरिएका जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad