समाज


नेपाल संस्कृत र सुदूरपश्चिम विश्वविद्यालयको जग्गा अतिक्रमण

नेपाल संस्कृत र सुदूरपश्चिम विश्वविद्यालयको जग्गा अतिक्रमण

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १८:१५, काठमाडौँ

विश्वविद्यालयहरुको जग्गा अतिक्रमण भएको पाइएको छ। बुधबार सार्वजनिक भएको महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनले सुदूरपश्चिम र नेपाल संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमण भएको औँल्याएको हो।
 
प्रतिवेदनले सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको क्याम्पसको नाममा रहेको ३०० बिघा जमिन अतिक्रमण भएको देखाएको छ। १२ बिघा जमिनको स्वामित्व विवाद रहेको औँल्याएको छ। 

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको १ हजार ७१ बिघा जमिन २०५८ सालदेखि अतिक्रमणमा परेको जनाएको छ। 

त्यस्तै त्रिभुवन विश्वविद्यालयको ११३ रोपनी एक निजी आवासीय विद्यालयले भाडामा लिएको समय म्याद समाप्त भएकोमा समेत खाली नगरेको, बागमती नदी किनारको २७ रोपनी जमिन  बिभिन्न संस्थाले प्रयोग गरेकोमा विश्वविद्यालयले कुनै आम्दानी प्राप्त नगरेको देखाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad