समाज


राशिफल ३० वैशाख : धनुको काम बिगार्नेहरू सक्रिय रहने, सिंह दुष्टको सङ्‌गतमा पर्ने, तपाईँको के?

राशिफल ३० वैशाख : धनुको काम बिगार्नेहरू सक्रिय रहने, सिंह दुष्टको सङ्‌गतमा पर्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख ३०, २०८२ मंगलबार ४:३४, काठमाडौँ

आज मंगलबार, ३० वैशाख २०८२ (१३ मे २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: मन खिन्न हुने स्थिति आउनेछ। मालसामान हराउन सक्छ। अनावश्यक ठाउँमा धन खर्च होला। प्रेममा मनमुटाव आउन सक्छ। सफल यात्राको योग छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। वैदेशिक काम बन्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। अरूलाई नसताउने।

वृष: आँटे-ताकेको पूरा होला। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। एक अर्कासँग केही न केही आशा गरिरहनुहुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६०, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशाको यात्रा नगर्ने।

मिथुन: सामाजिक क्षेत्रबाट सम्मान मिल्नेछ। आँटेको कार्य पूरा होला। व्यापार व्यवसायबाट औसत लाभ हुनेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट: धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। नजिकका व्यक्तिबाट सहयोग पाइनेछ। सोचेको काममा फाइदा हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। मनोरञ्जनमा सहभागी भइएला।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको ईर्ष्या नगर्ने।

सिंह: अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्छ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। दिनको उत्तरार्धमा अधिक धन खर्च हुन सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३६, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तनाव नलिने।

कन्या: बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। जोस, जाँगर र हिम्मत बढ्नेछ। अरूको मन जित्न सकिनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला: समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। छोटो दूरीको लाभदायी यात्रा हुनेछ। अरूलाई प्रभावित पारेर काम बन्ला। लगनशील भइनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ५० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक: आफन्त र मित्र वर्गको सहयोग पाइनेछ। साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापार, व्यवसायमा लाभ हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु: स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ। काम बिगार्नेहरू सक्रिय रहने देखिन्छ। नियमित खर्च बढ्ने योग छ। निर्णय कार्यान्वयन हुन नसक्ला। आफ्नो विचार विपरीत निर्णय हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर: अधुरा काम पूरा हुनेछन्। भाग्यले साथ दिनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। शिक्षामा सफलता पाइनेछ। अधुरो र नयाँ कार्यको थालनी हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: अरूको भर नपरी निर्णय लिन सके अवसर प्राप्त होला। स्वादिष्ट भोजन मिल्नेछ। समाजसेवाका कारण लोकमा प्रसिद्ध भइनेछ। स्वास्थ्यमा सुधार आउला। आफन्तसँगको सम्बन्ध गाढा र सुमधुर भएर जानेछ। तीर्थाटनको योग छ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन: मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। प्रेम जीवन सफल रहनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। कार्य क्षेत्रमा प्रगति हुनेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। बाहन सुख मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad