कर्णाली नदीमा पौडी खेल्ने क्रममा कालीकोट र दैलेख जिल्लामा गरी दुई किशोर बेपत्ता भएका छन्।
कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ स्थित कर्णाली नदीमा सोही जिल्लाको नरहरी गाउँपालिका–१ कोटवारी बस्ने १६ वर्षका बिराज विष्ट वैशाख २६ गते नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भए हुन्।
यस्तै, दैलेख जिल्लाको चामुण्डविन्दासैनी नगरपालिका–९ स्थित कर्णाली नदीमा अर्का अन्दाजी १६ वर्षीय भुवन सार्की पनि बेपत्ता भएका छन्।
बेपत्ता किशोरहरूको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ।
बेपत्ता भएका विराज विष्टबारे सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोटलाई जानकारी गराएपछि सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ५ जना गोताखोरसहितको टोली खटिएको छ।
सो टोलीले आजै घटनास्थल पुगी उनको खोजीकार्य गर्नेछ।
बेपत्ता उनको २६ गते साँझसम्म खोजीकार्य गर्दा फेला नपरेपछि सो टोलीले आज पनि खोजीकार्य जारी राखेको छ।
Shares

प्रतिक्रिया