समाज


राशिफल २६ वैशाख : वृश्चिकको बन्न लागेको काम बिग्रने, मकरको नयाँ काम थालनी हुने, तपाईँको के?

राशिफल २६ वैशाख : वृश्चिकको बन्न लागेको काम बिग्रने, मकरको नयाँ काम थालनी हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख २६, २०८२ शुक्रबार ४:३८, काठमाडौँ

आज शुक्रबार, २६ वैशाख २०८२ (९ मे २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। परोपकारी कार्यमा संलग्न भइनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृष : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। परिवारमा सुख, सन्तोष छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन : लाभहानि मध्यम खालको छ। ठूलो कारोबारमा लगानी नगर्दा बेस हुनेछ। सामान हराउने वा चोरी हुने भय पनि छ। आफन्तको सहयोगले काम अगाडि बढ्नेछ। टाढिएका मित्रसँग पुनर्मिलन हुन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कर्कट : अचल सम्पत्ति हात पर्ने योग छ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। धार्मिक तथा सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : आफन्तसँग भेटघाट हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। हाँसखेल र मनोरञ्जनपूर्ण समय रहनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्नेछ। धन सञ्चयको अवसर आउला।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : शुभ समाचार सुन्न पाइनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। राज्यबाट मान सम्मान पाइनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। वाणीमा कुशलता आउने दिन परेको छ। यात्रा गर्ने अवसर जुट्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला : रोकिएको धन हात पर्ला। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक : बन्न लागेको काम बिग्रन सक्छ। प्रेममा बाधाका साथै मन कमजोर रहला। दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्छ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्च हुनेछ। आम्दानीमा कमी होला।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

धनु : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। आकस्मिक धन लाभ हुनेछ। जोस, जाँगर र हिम्मत बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। परदेश गएका सदस्य घर फर्कँदा परिवारमा रमाइलो वातावरण छाउनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : नयाँ कार्यको थालनी हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। पदोन्नतिको सम्भावना छ। परोपकारी कार्यमा संलग्न भइनेछ। रचनात्मक कार्यमा जुट्दा फाइदा हुने देखिन्छ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : अरूलाई प्रभावित पारेर काम बन्नेछ। मनोरञ्जनमा सहभागी भइएला। पारिवारिक सद्भाव बढ्नेछ। इज्जत र प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला। आफन्तसँग खिन्नता बढ्न सक्छ। सामाजिक काममा व्यस्त हुने समय छ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

मीन : सरकारी निकायको भय रहला। अविश्वास उत्पन्न हुनेछ। परिवारमा झैझमेलाको अवस्था आउला। पुँजी बजारले भने साथ दिनेछ। परोपकार तथा सामाजिक कार्यमा भूमिका निर्वाह हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad