समाज


भिरबाट लडेर २ जनाको मृत्यु

भिरबाट लडेर २ जनाको मृत्यु

नेपालखबर
बैशाख ७, २०८२ आइतबार ५:१७, काठमाडौँ

हुम्ला र पाल्पामा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ। 

हुम्लाको खार्पुनाथ गाउँपालिका–७ गोक्पा गाउँ नजिकैको वनमा बाख्रा चराउन गएकी अन्दाजी ४८ वर्षीया एक महिलाको लडेर मृत्यु भएको हो। 

शनिबार दिउँसो गाउँ नजिकैको वनमा बाख्रा चराउन गएका बेला लडेर स्थानीय नानी ऐडीको लडेर मृत्यु भएको उनका आफन्त पूर्ण बुढाले जानकारी दिए।

यस्तै, भिरबाट लडेर पाल्पामा एक पुरुषको मृत्यु भएको छ। बगनासकाली गाउँपालिका–१ पिपरतुङका ६५ वर्षीय कृष्णबहादुर चिदीको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो। 

सोही ठाउँको बेलटारीस्थित पूजामा जान भनेर हिँडेका उनी अबेरसम्म नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। 

खोजी गर्ने क्रममा घरदेखि ३०० मिटर पश्चिमतर्फ रहेको भिरबाट २०० मिटर तल फोक्सिहर खोलामा खसेको अवस्थामा शनिबारदिउँसो उनलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad