आज शुक्रबार राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति कोसीमा हिमपात र वर्षा, मधेस प्रदेशमा वर्षा, बागमती प्रदेशमा हिमपात र वर्षा, गण्डकी प्रदेशमा हिमपात र वर्षा, लुम्बिनीमा वर्षा, कर्णालीमा हिमपात र वर्षा र सुदूरपश्चिम प्रदेशमा पनि हिमपात र वर्षाको सम्भावना देखिएको हो।
प्रदेशगत रूपमा विस्तृत जानकारी तल:
कोसी प्रदेश: राति हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाड र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
मधेस प्रदेश: तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहितहल्का वर्षाको सम्भावना छ।
बागमती प्रदेश: हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाड र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
गण्डकी प्रदेश: हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा भने मौसम बदली मात्र हुने तर वर्षा नहुने सम्भावना छ।
लुम्बिनी प्रदेश: हिमाली तथा पहाडी दुवै क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा भने मौसम बदली मात्र हुने सम्भावना छ।
कर्णाली प्रदेश: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाडका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
सुदूरपश्चिम प्रदेश: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाडका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा भने वर्षाको सम्भावना छैन।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा भयो भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।
Shares

प्रतिक्रिया