आन्दोलनरत शिक्षक र सरकारबीच आज वार्ता हुने भएको छ।
९ दिनदेखि आन्दोलनरत शिक्षक महासंघ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच आज साँझ ५ बजेदेखि वार्ता हुनलागेको हो।
शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा रहेका कतिपय विषयमा धारणा बुझ्न बोलाएका कारण जान लागेको बताइन्।
‘विधेयकको विषयमा मात्र छलफल गर्न मन्त्रालयले हिजो पत्र पठाएको थियो’, उनले भनिन्, ‘विगतमा हामीसँग भएका सहमति नछुटोस् र विद्यालय शिक्षा विधेयक कसरी ल्याउने भन्ने विषयमा छलफल गर्छौँ।’
वार्तामा बस्ने अडान लिएका शिक्षकहरुलाई बुधबार शिक्षा सचिव दीपक काफ्लेले विधेयकमा छलफल गर्न बोलाएका थिए।
चैत २० गतेदेखि आन्दोलनरत शिक्षकलाई शिक्षा मन्त्रालयले २ पटकसम्म वार्तामा बोलाएको थियो।
399
Shares

प्रतिक्रिया