बाँकेमा घर पालुवा हात्तीले आक्रमण गर्दा हात्तीसारकै कर्मचारीको मृत्यु भएको छ।
बाँके राष्ट्रिय निकुञ्जमा अवस्थित खडकबारको हात्तीसारमा कार्यरत एकजना फडितको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार राति हातीलाई घाँस हाल्न जाँदा बर्दियाको ठाकुरबाबा गाउँपालिका-९ बानुगाउँ घर भएका ४५ वर्षीय आशाराम थारुको मृत्यु भएको हो।
हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए।
थारुलाई आक्रमण गर्ने हात्तीले यसअघि पनि धेरैलाई आक्रमण गरेको निकुञ्ज प्रशासनले जनाएको छ।
927
Shares

प्रतिक्रिया