समाज


त्रिवि क्याम्पस कीर्तिपुरमा स्ववियु निर्वाचन हुँदै, विद्युतीय मतदान (तस्बिरहरू)

त्रिवि क्याम्पस कीर्तिपुरमा स्ववियु निर्वाचन हुँदै, विद्युतीय मतदान (तस्बिरहरू)

सरोज नेपाल
चैत १८, २०८१ सोमबार ९:५४, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा स्ववियु निर्वाचनको मतदान सुरु भएको छ।

त्रिविमा यही चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो।

यो विवादमा गएको शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेपछि त्रिविमा आज निर्वाचन भएको हो।

सोमबार बिहान साढे आठ बजेदेखि नै इलेक्ट्रोनिक प्रविधिबाट निर्वाचन सुरु भएको छ। निर्वाचनमा विभिन्न दलका विद्यार्थी संगठनसँगै स्वतन्त्र उम्मेदवारलेसमेत प्रतिस्पर्धा गर्दैछन्।

एमाले निकट अनेरास्ववियुबाट सिद्धान्त भट्ट, कांग्रेस निकट नेविसंघबाट दीपक जोशी, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट प्रवीन दाहाल अध्यक्षको उम्मेदवार छन्। पद्मा भुसाल र उज्वल खड्काले पनि स्वतन्त्र रूपमा अध्यक्षमा उम्मेदवारी दिएका छन्।

त्रिविमा ६ हजार मतदाता रहेका छन्। मतदान अपराह्न ४ बजेसम्म चल्ने त्रिविले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad