समाज


स्वयम्भूमा बिक्री गर्न लागेका १४ थरी सुनका गहनासहित एकजना पक्राउ

स्वयम्भूमा बिक्री गर्न लागेका १४ थरी सुनका गहनासहित एकजना पक्राउ

नेपालखबर
चैत १३, २०८१ बुधबार १५:५५, काठमाडौँ

प्रहरीले बिल बिजक नभएका सुन जस्तो देखिने धातुका विभिन्न गहनाहरू सहित १ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले नुवाकोटको विदुर नगरपालिका–५ घर भई हाल कंलकी बस्ने वर्ष ४१ को दिपेशलाल चित्रकारलाई पक्राउ गरेको हो।

चैत १२ गते स्वयम्भू आनन्दकुटीमा सुनका गरगहनाहरू बिक्री गर्न लिएर हिँडिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले गहनासहित उनलाई नियन्त्रणमा लिएको हो।  

बरामद गरिएका दसीसहित चित्रकारलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, ललितपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिए।

बरामद दसी
१) पोते सहितको सुनजस्तो देखिने धातु जडित नौगेडी माला– ११ थान
२) पोते सहितको सुनजस्तो देखिने धातु जडित सिङगल गेडी माला– ७ थान
३) क्रिष्टल सहितको सुनको जस्तो देखिने माला– १३ थान
४) पोते सहितको सुनजस्तो देखिने धातु जडित मंगलसुत्र– ६ थान
५) पोते सहितको सुनजस्तो देखिने धातु जडित सोली गेडी माला–१ थान
६) पत्थर सहितको सुनको जस्तो देखिने धातु जडित टप– ३ जोर
७) पोते नभएको सुनको जस्तो देखिने धातु जडित तिलहरी–१ थान
८) सुनको जस्तो देखिने धातु जडित विभिन्न डिजाईनका क्लिप–९ थान
९) मोती जस्तो देखिने पत्थर सहितको सुनको जस्तो देखिने धातु जडित ३ गेडी मोती माला–३ थान
१०) मोती जस्तो देखिने माला सहितको सुनको जस्तो देखिने धातु जडित मोती लकेट माला–१ थान
११) मोती जस्तो देखिने पत्थर सहितको सुनजस्तो देखिने धातु जडित मोतीहार–१ थान
१२) सुनको जस्तो देखिने धातु जडित औँठी–२४ थान
१३) पत्थर सहितको सुनजस्तो देखिने धातुबाट बनेको स–साना फुली–१९ थान
१४) सुनको जस्तो देखिने धातु जडित स–साना गेडी–३ थान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad