काभ्रेपलान्चोकका जिल्ला समन्वय समिति (जिसस) प्रमुख पक्राउ परेका छन्।
नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित दिपककुमार गौतम काठमाडौँमा पक्राउ परेका हुन्। बुधबार बिहान प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई बानेश्वरबाट पक्राउ गरेको हो।
उनीविरुद्ध बैंकिङ कसुरको जाहेरी परेकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ। अदालतबाट आजै म्याद थपको तयारी प्रहरीले गरेको छ।
468
Shares

प्रतिक्रिया