शुक्रबार ट्वीटमा एक भिडियो सेयर गर्दै जोनसनले आफूमा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन्।
जोनसनले हाल आफू सेल्फ आइसोलेसनमा बसिरहेको भन्दै घरबाटै सरकार सञ्चालन गर्ने बताएका छन्।
कोरोनाको संक्रमणपछि बेलायती प्रधानमन्त्रीको सन्देशः
कोरोना भाइरसको लक्षण देखिएपछि मैले चिकित्सकको सल्लाहअनुसार कोरोनाको परीक्षण गराएँ। परीक्षणपछि ममा कोरोना पोजिटिभ देखियो। त्यसैले अहिले मैले घरैबाट काम गरिरहेको छु। म सेल्फ आइसोलेसनमा ‘घरमै एकान्तबास’ बसिरहेको छु। यसो गर्नु पुरै उचित कार्य हो। तर यस्तो अवस्थामा पनि म प्रविधिका कारण आफ्नो टिमसँग कुरा गर्न पाइरहेको छु जो कोरोनाविरुद्धको अभियानमा लागिपरेका छन्। नयाँ प्रविधिलाई धन्यवाद भन्नैपर्छ।
म राष्ट्रिय स्वास्थ्य सेवा लगायत सबैलाई धन्यवाद भन्न चाहन्छु जो कोरोना भाइरसविरुद्ध लडिरेका छन्। राष्ट्रिय स्वास्थ्य सेवाका सदस्यले निकै राम्रो काम गरेका छन्। प्रहरी, समाजसेवी सार्वजनिक सेवामा रहेका सबैले गज्जबको काम गरिरहेका छन्। नागरिकहरु सबैले कोरोनाविरुद्धको अभियानमा साथ दिएका छन्। ६ लाख नागरिकले प्रत्यक्ष कोरोनाविरद्ध स्वंयसेवा कार्यक्रममा भाग लिएका छन्। देशलाई कोरोनामुक्त बनाउन साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु। हामीले यो अवस्थाबाट अवश्य पार पाउनेछौं। कोरोनाबाट कसरी बच्न सकिन्छ भन्नेबारे तपाईंहरुले सुनेका कुरालाई व्यवहारमा उतारेर हामीले कोरोनाबाट उन्मुक्ति पाउने छौं। जति धेरै हामी कोरोनाविरुद्धका उपायहरु अबलम्ब गर्दछौं त्यति चाँडो हामी समस्याबाट छुट्कारा पाउँछौं। जसले अहिले मजस्तै घरबाट काम गरिरहेको छ, म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु। घरमै बसौं, भीडभाड नगरौं। यसरी हामीले कोरोना भाइरसलाई जित्ने छौं।
बेलायत सरकारले हालै २ हप्ताको लागि देश लकडाउन गरेको छ। यसबीचका सबैलाई घरमै बस्न आग्रह गरिएको छ। जोनसनले ट्वीटमा पनि सबैलाई घरमै बस्न भनेका छन्।
बेलायतमा बुधबारसम्म ११ हजार ६५८ जना कोरोनाबाट संक्रमित छन्। त्यहाँ ५७८ जनाको मृत्यु भइसकेको छ।
यो पनिः
कोरोना भाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु
विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्यो यी १५ सुझाव

प्रतिक्रिया