गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीको प्यानलै विजयी भएको छ।
सत्तारुढ विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियुको प्यानललाई हराउँदै क्रान्तिकारीको प्यानलै विजयी बनेको हो।
मंगलवार राति सम्पन्न मतगणना अनुसार सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका छन्। नेविसंघका रचन परियारलाई ४८ मतले पछि पार्दै अम्गाई निर्वाचित भएका हुन्। अम्गाईले २०९ मत ल्याएका छन् भने परियारले १६१ मत ल्याएका छन्।
त्यस्तै सचिवमा १९९ मत ल्याएर अखिल क्रान्तिकारीका रुपेश विश्वकर्मा निर्वाचित भएका छन्। उनले अनेरास्ववियुका राजाराम बोहरालाई पराजित गरेका हुन्। बोहराले १७१ मत ल्याएका छन्।
कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी आयुषा अर्याल बिजयी बनेकी छन्। नेविसंघकी सविना गुरुङलाई ४२ मतले पछि पार्दै अर्याल विजयी बनेकी हुन्। अर्यालले २०६ मत ल्याएकी छन् भने गुरुङले १६४ मत ल्याएकी छन्।
सदस्यहरुमा अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा निर्वाचित भएका छन्। उनीहरु सबै अखिल क्रान्तिकारीका हुन्।
Shares

प्रतिक्रिया