समाज


तालाबन्दीपछि आरआरमा स्ववियु चुनाव स्थगित, क्याम्पस परिसरमा विद्यार्थीको भिड (तस्बिरहरू)

तालाबन्दीपछि आरआरमा स्ववियु चुनाव स्थगित, क्याम्पस परिसरमा विद्यार्थीको भिड (तस्बिरहरू)

सौगात दाहाल
चैत ५, २०८१ मंगलबार १२:१२, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेतृत्व चयनका लागि मतदान भइरहेको छ। तर राजधानीका केही प्रमुख क्याम्पसहरूमै चुनाव हुन सकेको छैन।  मानविकी क्याम्पस रत्नराज्यमा पनि मतदान हुन सकेको छैन। यहाँ नेकपा एमालेनिकट अखिल र नेकपा एकीकृत समाजवादीनिकट समाजवादी अखिलले ताला लगाएपछि चुनाव प्रक्रिया भाँडिएको हो। 

आरआर प्रशारनले सूचना जारी गरी चुनाव स्थगित भएको जनाएको छ।  तालाबन्दीका कारण अवस्था प्रतिकूल भएको भन्दै क्याम्पस प्रमुख डा.पद्‌मकुमार अधिकारीले सरोकारवाला पक्षलाई छलफलमा डाकिएको बताए। 

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार बिहान ८ बजेदेखि ४६ आंगिक र २ सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा मतदान भइरहेको हो।  काठमाडौँका विभिन्न क्याम्पसमा पनि मतदान चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad