समाज


अमेरिकाबाट ‘डिपोर्ट’ भएका ८ नेपालीलाई अध्यागमनले प्रहरीको जिम्मा लगायो

अमेरिकाबाट ‘डिपोर्ट’ भएका ८ नेपालीलाई अध्यागमनले प्रहरीको जिम्मा लगायो

नेपालखबर
फागुन २१, २०८१ बुधबार १२:३, काठमाडौँ

अमेरिकाले ‘डिपोर्ट’ गरेर चार्टर्ड विमानमार्फत् काठमाडौँ ल्याएर छाडेका आठ नेपालीलाई प्रहरीले सोधपुछका लागि लगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अध्यागमनको प्रक्रिया पूरा गरेर उनीहरुलाई प्रहरीको जिम्मा लगाएको हो। 

आठ जनालाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा लगिएको छ। ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले उनीहरुलाई कार्यालयमा राखेर सोधपुछ गरिने बताए। 

‘उहाँहरु अहिले हाम्रो कार्यालयमा आइपुग्नु भएको छ। अब हामी अमेरिका जाँदा कसरी जानु भयो, कसैले पीडित बनाएर ठगी गरेर पठाएको हो कि? भनेर सोधपुछ गर्छौँ र परिवारको जिम्मा लगाउँछौँ’, एसपी कुँवरले नेपालखबरसँग भने। 

उनीहरुलाई प्रहरीले कुनै कारबाही गर्ने उदेश्यले नभइ उनीहरु नै पीडित भएको हुन सक्ने र यसरी अवैध रुपमा अमेरिका पठाउने गिरोहको बारेमा खुल्न सक्ने भएकाले सोधपुछका लागि लगिएको प्रस्ट पारेको छ। 

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि यसअघि नै २७ जना नेपाली नेपाल फर्किसकेका छन्। डिपोर्ट भएका नेपालीलाई अमेरिकाको कानुन अनुसार अमेरिकाले नै कारबाही जरिवाना गर्ने भएकाले नेपालमा भने कुनै कारबाही हुनेछैन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad