समाज


महिला उद्यमीद्वारा दुई बिरामीको उपचारमा आर्थिक सहयोग

महिला उद्यमीद्वारा दुई बिरामीको उपचारमा आर्थिक सहयोग

नेपालखबर
असार २०, २०७६ शुक्रबार ९:३९,

उद्योगी–व्यवसायी महिलाहरुको एक समूहले वीर अस्पतालमा उपचार गराइरहेका दुई बिरामीलाई आर्थिक सहायता गरेकाे छ।

१ सय १ जना महिला सहभागी ‘नारीको साथी साथीको माया’ नामक अभियानले शुक्रबार गोरखा बारपाककी माया घले र नाम थर नखुलेकी करिब ६० वर्षकी बेसहारा वृद्धाको उपचारमा सहयोग गरेको हो। घले स्तन क्यान्सर र ओभरियो (नशामा मासु जम्ने) क्यान्सरबाट पीडित हुन्। अभियानले घलेलाई १० हजार र ती वृद्धालाई २५ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको छ।

अभियानका तर्फबाट अन्जना ताम्राकारले रकम हस्तान्तरण गरिन्। दुवै बिरामी आर्थिक अवस्थाका कारण उपचार गर्नै नसक्ने अवस्थामा रहेकाले आफूहरुले सहयोग गरेका ताम्राकारले बताइन्। अबदेखि हरेक महिनाको एक दिन संस्थाका तर्फबाट दुई बिरामीलाई उपचारमा आर्थिक सहायता प्रदान गरिने महिला चेम्बर अफ कमर्सकी सचिव लीमा अधिकारीले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .