रूसमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। रसिया टुडेका अनुसार बुधबार दिउँसो सुदूर पूर्वी रुसको कुरिल टापुनजिकै भूकम्प गएको हो।
भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन।
भूकम्प लगत्तै प्यासिफिक सुनामी सेन्टरले भूकम्पको केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्मको दुरीमा सुनामी आउन सक्ने चेतावनी दिएपनि पछि त्यसलाई रद्द गरेको छ।
‘भूकम्पले सुनामीको सानो वहाव ल्याएपनि त्यसबाट थप चुनौती छैन’, सेन्टरले भनेको छ।
कुरिल टापु रुस र जापानबीच विवादित क्षेत्र हो।
प्रतिक्रिया