समाज


नेपालगन्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु

नेपालगन्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु

नेपालखबर
फागुन १३, २०८१ मंगलबार २१:४२, काठमाडौँ

नेपालगन्जमा भ्यानको ठक्करबाट आज एक जना बालकको मृत्यु भएको छ। सो घटनामा तीन जना घाइते भएका छन्।

नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरमा सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर सञ्जय सिलवालको घरको आँगनभित्र छिर्दा छ वर्षीय बालक दृश्यसिंह बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिम विकले जानकारी दिए।

दुर्घटनामा स्थानीय ४३ वर्षीय सिलवाल, छ वर्षीया सृष्टि गौतम र आठ वर्षीय सञ्जीव सिलवाल घाइते भएका छन्। उनीहरू घरबाहिर आँगनमा बसिरहेका थिए। तीनै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।  

भ्यान र भ्यान चालक २३ वर्षीय सुरज थारू र भ्यानमा सवार अर्का एक जना ३८ वर्षीय लियाकत अलीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad