समाज


पेस्तोलसहित दुई भारतीय पक्राउ

पेस्तोलसहित दुई भारतीय पक्राउ

नेपालखबर
फागुन १२, २०८१ सोमबार १५:२१, काठमाडौँ

हेटौँडाबाट पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। 

हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेबाट एक थान पेस्तोल र ३ राउन्ड गोलीसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सिहुहर धनहरा ग्राम बस्ने २२ वर्षीय धिरज कुमार र भारत बिहार राज्य मोतिहारी बहरी ग्राम बस्ने २६ वर्षीय दिपक कुमार रहेका छन्।

प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको प्रहरीले रौतहटबाट चितवनतर्फ आउँदै गरेको ना ८ ख ८७७३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पेस्तोल तथा गोली सहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad