समाज


बन्दीपुरका वडाध्यक्ष गुरुङ सचिव कुटेको आरोपमा पक्राउ

बन्दीपुरका वडाध्यक्ष गुरुङ सचिव कुटेको आरोपमा पक्राउ

नेपालखबर
फागुन ५, २०८१ सोमबार २१:१५, काठमाडौँ

तनहुँको बन्दीपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङ सचिवमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।

सोमबार बिहान वडाध्यक्ष गुरुङले आफ्नै वडाका सचिव नवीन भुसाललाई कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको तनहुँका प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले बताए।

वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरेको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले कुटपिट गरेको आरोप छ। गाउँपालिकाले वडासचिवमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ। सोही पत्रका आधारमा वडाध्यक्षलाई पक्राउ गरेको एसपी शाहीले बताए।

‘कुटपिट भएको जानकारीसहित पालिकाबाट पत्र आएको छ। पत्र आएलगतै हामीले वडाध्यक्षलाई नियन्त्रणमा लिइसकेका छौँ। वडा सचिव पनि हामी कहाँ आउनु भएको छैन। अब भोलि वडा सचिव, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारी समेतसँग छलफल गरेर मुद्दा कसरी अगाडि बढाउने भन्ने निर्णय गर्छौँ’, एसपी शाहीले भने।

वडाध्यक्ष भुसाललाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए।

‘उहाँ वडाध्यक्ष हुन त सोझो हो, उहाँमाथि केके आरोप पनि लगाएछन्। भलिबल खेलाएको बिल गाउँपालिकामा पठाउनुपर्ने, उहाँले छिटो गर्नुस् भन्नुभएछ अटेर गर्ने काम भएछ। त्यसपछि धेरै त होइन, दुई-तीन थप्पड लगाएको कुरा आएको छ’, गाउँपालिकाका अध्यक्ष थापाले भने।

उनले प्रहरीलाई आफै उपस्थित गराइदिन्छु भन्दा पनि वडाध्यक्षलाई पक्रेर लगेको बताए। वडाध्यक्ष गुरुङ नेकपा एमालेबाट निर्वाचित हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad