कारोबार


वाणिज्य बैंकहरूको मुद्दती ब्याजदर ४ महिनायता स्थिर, औसत ६ प्रतिशत

वाणिज्य बैंकहरूको मुद्दती ब्याजदर ४ महिनायता स्थिर, औसत ६ प्रतिशत

सांकेतिक तस्बिर (एआईको सहयोगमा)


नेपालखबर
माघ ३०, २०८१ बुधबार १२:३८, काठमाडौँ

४ महिनादेखि वाणिज्य बैंकहरूको मुद्दती ब्याजदर स्थिर रहेको छ।

फागुन महिनाको ब्याजदर सार्वजनिक गर्दै बैंकहरुले मंसिरयता नचलाएका हुन्।

वाणिज्य बैंकहरुले मुद्दती खातामा औसत व्यक्तिगत ६ प्रतिशत र संस्थागत ४.४९ प्रतिशत ब्याजदर तोकेका छन्। 

सार्वजनिक तथ्यांकअनुसार चार महिनायता नबिल बैंकको ५.६७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.५ प्रतिशत, माछापुच्छ्रेको ६ प्रतिशत, हिमालयन बैंकको ६.२५ प्रतिशत छ। 

त्यस्तै एभरेष्ट बैंकको ६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६.२५ प्रतिशत, लक्ष्मी सनराइजको ५.७५ प्रतिशत, कुमारी बैंकको ५.९१ प्रतिशत, सिद्धार्थ बैंकको ६ प्रतिशत, प्रभु बैंकको ६.१ प्रतिशत, सिटिजन बैंकको ५.६५ र राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत छ। 

फागुन महिनाको लागि ग्लोबल आईएमई बैंकले बढाएर ६ प्रतिशत ब्याज दिने भएको छ। यसअघि ३ महिनामा बैंकको ब्याजदर ५.७५ प्रतिशत थियो।

यता एनआईसी एसियाको पछिल्ला ३ महिनामा ६.६ प्रतिशत, सानिमा बैंकको ६.०५ प्रतिशत, एनएमबीको ६.१ प्रतिशत, कृषि विकास बैंकको माघ र फागुनका लागि ५.५१ प्रतिशत र नेपाल बैंकको ५.६ प्रतिशत मुद्दती ब्याजदर तोकेका छन्। 

माघमा कर्जाको माग बढ्दै गए पनि बैंकहरुसँग निक्षेप धेरै रहेकाले मुद्दतीको ब्याजदर बढाएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad