आज शनिबार, २६ माघ २०८१ (८ फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल-
मेष : नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। आफ्नै दक्षतामा विभिन्न काम फत्ते हुनेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। धर्मकर्म तथा समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। वैदेशिक यात्राको योग छ।
भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको ईर्ष्या नगर्ने।
वृष : प्राविधिक विषयमा बढी सफलता मिल्नेछ। नयाँ क्षेत्रमा गरिएको लगानीले आर्थिक वृद्धि हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिले सहयोग गर्लान्। न्यायिक कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
मिथुन : आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुन सक्छ। स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ। साँझमा भने काम देखाएर अरूको मन जित्न सकिनेछ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। कालो रङको प्रयोग नगर्ने।
कर्कट : स्थान परिवर्तनको योग देखिन्छ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। साँझमा खुसीका निम्ति केही खर्च हुन सक्छ। महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।
भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। उत्तर दिशा नजाने।
सिंह : चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्रेम सम्बन्ध उचाइमा पुग्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या : रोकिएका काम पूरा हुनेछन्। नयाँ कार्यको योजनाले गति पाउनेछ। अतिथिका रूपमा सम्मान पाइएला। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। स्वास्थ्यप्रति सजगता अपनाउनु होला।
भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
तुला : वाणीमा लगाम लगाउनु पर्ला नत्र त्यही बोलीले परिबन्धमा फसिनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ। मध्य दिनबाट नयाँ र शुभ समाचार सुन्न पाइएला।
भाग्यशाली रङ सेतो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ४०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक : नजिकका आफन्तसँग लामो समयपछि भेटघाट होला। चलाखीपूर्ण बोलीले कार्य सफल हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको साथ, सल्लाह र सहयोग पाइनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ७५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु : आँटे-ताकेको पूरा होला। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला। पुरानो समस्या सुल्झाउन सकिनेछ। नजिकका व्यक्तिले भरपुर सहयोग गर्नेछन्। केही धन भने खर्च हुन सक्छ।
भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ४९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने।
मकर : आफन्त र मित्रवर्गको सहयोग पाइनेछ। साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ। रोकिएका काम पूरा हुनेछन्। शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। पारिवारिक सुख मिल्नुका साथै सुखद यात्राको अवसर छ।
भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।
कुम्भ : आफ्नै कार्यबाट मन सन्तुष्ट नहुन सक्छ। दुष्ट व्यक्तिको सङ्गतमा पर्दा अनुचित कार्य गर्न पुगिएला, सचेत रहनुपर्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा पनि ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
मीन : मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन्। वैदेशिक कार्य पनि पूरा होला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। शैक्षिक क्षेत्रमा पनि सफल भइनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७९, वैदेशिक कार्यमा ७० र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। सजिलै अरूको विश्वास नगर्ने।
Shares

प्रतिक्रिया