समाज


कल वाइपास गरेको आरोपमा एक व्यक्ति पक्राउ

कल वाइपास गरेको आरोपमा एक व्यक्ति पक्राउ

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १५:३६, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले कल वाइपासमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासी (वसुप),को प्रतापपुर गाउँपालिका वडा नं. ८ नोडिहवा बस्ने वर्ष २७ को रोहित अहिर रहेका छन्।

सिद्धार्थनगर नगरपालिका–३ खजहना स्थित गुलावचन्द गुप्ताको घरकोठा भाडामा लिई विभिन्न उपकरणहरू जडान गरी कल वाइपास संचालन गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सो घर खानतलासी लिने क्रममा अहिरलाई नियन्त्रणमा लिएको हो।

उनीविरुद्ध कल वाइपास कसुरमा रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

उनको साथबाट यी सामानहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक यमलाल बञ्जाडेले जानकारी दिए।

१) स्प्वाइलर कम्पनी हब ९ थान
२) इन्टेल कोर आई५ कम्पनी सीपीयू ४ थान
३) मोडर्न १६७ थान
४) हब विथ एन्टेना २ थान
५) एनटीसी सिम १९० थान
६) एनसेल सिम कार्ड २७० थान
७) एलसीडी मोनिटर १ थान
८) मोबाइल ५ थान
९) ल्यापटप १ थान
१०) वर्ल्ड लिंक राउटर, स्विच, नेटवर्क भिडिओ रेकर्डर, हब केवल लगायतका सामानहरू।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad