समाज


स्वस्थ खानपानको अभाव र प्रदूषणले मिर्गौलाका बिरामी बढे : मन्त्री पौडेल

स्वस्थ खानपानको अभाव र प्रदूषणले मिर्गौलाका बिरामी बढे : मन्त्री पौडेल

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १२:११, काठमाडौँ

नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको छ। शुक्रबार एक कार्यक्रमबीच अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको हो।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक कार्यक्रमबीच डायलासिस सेवाको शुभारम्भ गरे। डायलासिस सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पौडेलले स्वस्थ खानपानको अभाव र प्रदूषण लगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको संख्या बढिरहेको बताए।

उनले मिर्गौला रोगीहरुको संख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको बताए। उनले मिर्गौला रोगीहरु बढिरहेको अवस्थामा यस अवस्थालाई मध्यनजर गरेर नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गर्नु सुखद् रहेको बताए।

उनले सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको बताए।

उनले भने, ‘अहिले हाम्रोमा स्वस्थ खानपानको अभाव, प्रदुषण लगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको संख्या प्रतिदिन बढिरहेको छ। हाम्रो स्वास्थ्य व्यवस्थापनका सामुन्नेमा एउटा नयाँ चुनौतिको रुपमा उपस्थित भएको छ। यस्तो अवस्थामा मिर्गौला रोगीहरुको उपचारलाई केन्द्र भागमा राखेर सेवा बिस्तार गर्नुपर्ने आजको आवश्यकता छ।'

कार्यक्रममा बोल्दै नेपाल नेशनल अस्पतालका आइसियु विज्ञ तथा निर्देशक डा. प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौला रोगीको अवस्था भयावह रहेको बताए। उनले हरेक १६ जना वयस्क व्यक्तिमध्ये एकजना मिर्गौलाको बिरामी रहेको तथ्यांक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad