ad ad

समाज


नर्भिकले भन्यो : अस्पतालमा कोरोनाको बिरामी भेटिएको छैन

नर्भिकले भन्यो : अस्पतालमा कोरोनाको बिरामी भेटिएको छैन

नेपालखबर
चैत ८, २०७६ शनिबार ६:३१,

नर्भिक इन्टरनेसनल  अस्पतालले अहिलेसम्म कुनै पनि कोरोना संक्रमित व्यक्ति अस्पतालमा नभएको प्रस्ट पारेको छ।

शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नर्भिकले अस्पतालमा कोभिड–१९ का कुनै पनि बिरामी पत्ता नलागेको बताएको छ।

शनिबार बिहान सामाजिक सञ्जालमा नर्भिकमा ८ जना कोभिड–१९ का विरामी भेटिए भन्ने खबर प्रकाशित भएपछि अस्पतालले विज्ञप्ति निकालेरै खण्डन गरेको हो। उसले सामाजिक सञ्जालमा आएको समाचारमा कुनै सत्यता नभएको बताएको हो।

‘हालसम्म नर्भिकमा कोभिड–१९ का कुनै पनि बिरामी पत्ता लागेका छैनन्, यसमा हामी सवै निश्चिन्त र प्रस्ट हुनुपर्छ’, अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अस्पतालले भ्रामक समाचारप्रति आश्चर्यसमेत प्रकट गरेको छ। अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर श्रेष्ठले भने, ‘राष्ट्रमा आइपरेको जटिल एवम् संवेदनशील समस्यामा सवै निकाय एक जुट भै समस्यासँग लड्नुपर्ने आजको चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रामक समाचारप्रति हामी घोर खेद प्रकट गर्दछौं।’

सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाउनेप्रति कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्न समेत माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .