समाज


काठमाडौँको असनचोकमा रहेको पसलको गोदाममा आगलागी (तस्बिरहरू)

काठमाडौँको असनचोकमा रहेको पसलको गोदाममा आगलागी (तस्बिरहरू)

सरोज नेपाल
माघ १०, २०८१ बिहिबार १६:५२, काठमाडौँ

असन चोकमामा रहेको एक इलेक्ट्रोनिक्स पसलको गोदाममा आगलागी भएको छ। 

असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा रहेको सुनिल तुलाधरको घरमा बिहीबार दिउँसो साढे ३ बजेतिर आगलागी भएको हो।

 

आगलागी लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल नियन्त्रणका लागि पुगेका थिए।

अहिले आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको र कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौँकी प्रवक्ता पूर्णिमा चन्दले नेपालखबरलाई जानकारी दिइन्।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको उनको भनाइ  छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad