समाज


तारकेश्वरको खाजा घरमा कुटपिट गरेर भागेका व्यक्ति पक्राउ

तारकेश्वरको खाजा घरमा कुटपिट गरेर भागेका व्यक्ति पक्राउ

नेपालखबर
माघ ९, २०८१ बुधबार २०:२८, काठमाडौँ

काठमाडौँको तारकेश्वरस्थित खाजा घरमा एक व्यक्तिलाई कुटपिट गरेर फरार भएका आरोपित पक्राउ परेका छन्। २०८१ पुस २९ गते बेलुका साढे ८ बजे तारकेश्वर नगरपालिका १ साङ्लास्थित खाजा घरमा रोशन पण्डितलाई कुटपिट गर्ने दीपक पण्डितलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। 

घाइते र कुटपिटमा संलग्न दुवै जना नुवाकोटकै हुन्। ३४ वर्षका रोशन नुवाकोटको दुप्चेश्वर गाउँपालिका ५ का हुन् भने ४५ वर्षका दीपक पञ्चकन्या गाउँपालिका ४ का हुन्।

सामान्य वादविवादको क्रममा सिसाको बोतल र गिलासले टाउको तथा शरीरको अन्य भागमा प्रहार गरी गम्भीर घाइते बनाएर दीपक फरार भएका थिए। 

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले दीपकलाई बुधबार दिउँसो बालाजुबाट पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन्। 

उनीमाथि ज्यान मार्ने उद्योगमा प्रहरी वृत्त बालाजुबाट अनुसन्धान सुरु गरिएको डीएसपी चन्दले बताइन्। 

दीपक यसअघि पनि विभिन्न अपराधमा संलग्न रहेको प्रहरी अभिलेखमा फेला परेको छ। 

अभद्र व्यवहार, जुवा तथा लागु औषध कसुरमा संलग्न रहेको अभिलेख फेला परेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad